• ११ बैशाख २०८१, मंगलवार
भारत र इंग्ल्याण्डको तेस्रो वानडे खेल आज, यी खेलाडीले पाउनेछन मौका


काठमाडौं । भारत र इंग्ल्याण्ड एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत तेस्रो तथा निर्णायक म्याच आज खेल्दै छन् ।

यी दुई टिमबीचको तेस्रो खेल पनि नेपाली समयअनुसार दिउँसो १ः४५ बजेदेखि पुणेमा सुरू हुनेछ ।

तीन खेलको सिरिजमा दुवै टिमले एकएक म्याच जितेका छन् । आजको खेल जित्ने टिम सिरिज नै आफ्नो पक्षमा पार्नेछ ।

पहिलो खेलमा ६६ रनले पराजित हुँदा दोस्रो म्याचमा भने इंग्ल्याण्ड ६ विकेटले विजयी भयो ।

शानदार ‘कमब्याक’गरेको इंग्ल्याण्डले तेस्रो खेलमा पनि सोही प्लेइङ-११ लाई निरन्तरता दिने सम्भावना छ । भारतले भने अन्तिम म्याचमा प्लेइङ ११ मा केही परिवर्तन गर्न सक्छ ।

भारतको सम्भावित प्लेइङ-११ शिखर धवन, रोहित शर्मा, विराट कोहली (कप्तान), ऋषभ पन्त (विकेटकीपर), केएल राहुल, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, भुवनेश्वर कुमार, प्रशिद्ध कृष्णा, युजवेन्द्र चहल र शार्दुल ठाकुर ।

इंग्ल्याण्डको सम्भावित प्लेइङ-११ जेसन रोय, जोनी बेयरस्टो, बेन स्टोक्स, डेविड मलान, जोस बटलर (कप्तान/विकेटकीपर), लियाम लिभिङस्टोन, आदिल राशिद, मोईन अली, साम कुरन, मार्क वुडरटम कुरन र रीस टोप्ली ।

Nabintech