ओलीलाई प्रतिप्रश्न:प्रचण्डसंग पालैपालो प्रधानमन्त्री हुने सम्झौता भंग किन गरेको ?(पत्रसहित)


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।

नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै प्रश्नैप्रश्न अघि सार्दै अध्यक्ष केपी शर्मा ओलीलीलाई प्रतिप्रश्न गरेका छन् ।

नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन्। नेता नेपालले बुझाएको स्पष्टीकरणमा सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको आरोप लगाइएको छ।

‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’

हेर्नुहोस १३ बुँदामा ओलीलाई प्रतिप्रश्न :

–एमालेको विधिवत् बैठक किन बोलाउनुभएन ?

–नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित बनाइराख्ने तपाईंको गलत मनसाय रहेको छ किन नभन्ने ?

–कमीकमजोरी सच्याउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?

–फागुन २८ मा भएको अवैधानिक निर्णय बदर गरौँ भन्दा किन मान्नुभएन ?

–तपाईंमा पार्टी विभाजनको दुरासय देखियो किन नभन्ने ?

–पार्टी विभाजनको रेखा कोर्ने आपत्तिजनक काम किन गर्नुभयो ?

–विधानको उल्लंघन किन गर्नुभयो ?

–स्वेच्छाचारी अधिकार विधानको कुन धाराबाट प्राप्त गर्नुभयो ?

–स्वेच्छाचारी काम गर्दा तपाईंलाई नवौं राष्ट्रिय महाधिवेशनमा गरिएको शपथको सम्झना किन भएन ?

–भ्रम सिर्जना गर्ने उद्देश्यबाट मलाई पत्र किन पठाएको ?

–प्रचण्डलाई पालैपालो प्रधानमन्त्री हुने भनी गरिएको सम्झौता भंग किन गरियो ?

–पार्टी विभाजन गर्ने भन्दै मदन भण्डारी फाउन्डेसनको भेला किन गरेको ?

–प्रचण्डले कार्यकारी अध्यक्षका रुपमा काम गर्ने भन्ने निर्णयलाई किन लत्याएको ?

–देशव्यापी अभियान गर्ने निर्णयको पालना किन नगरेको ?

–पार्टीमा छलफल नगरी किन लकडाउन गरेको ? पीडित जनतालाई सहयोग किन नगरेको ?

–दल विभाजनसम्बन्धी कानुन किन ल्याएको ?

–‘प्रचण्डले बैठक बोलाए पार्टी फुट्छ’ भनेर किन धम्की दिएको ?

–नेकपा एमाले निर्वाचन आयोगमा किन दर्ता गर्न लगाएको ?

–विदेशी गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटार बोलाएर किन भेटेको ?

–कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई एकलौटी धम्कीपत्र किन पठाएको ?

–संसद् बोलाउन राष्ट्रपतिसमक्ष गरिएको समावेदनमा किन समस्या बल्झाएको ?

–पुस ५ गते प्रतिनिधि सभाको विघटन किन गरेको ?

–१५०१ जनाको केन्द्रीय कमिटी निर्माण किन गरेको ?

–मलाई मतियार देख्ने तपाईंको व्यक्तिवादको अभिव्यक्तिमात्रै हो भनी किन नभन्ने ?

–मलाई कारवाही गरेर पार्टीलाई फुटको डिलतर्फ धकेल्ने चेष्टा किन गरेको ?

–सांसदको हस्ताक्षरलाई फर्जी भन्ने अधिकार कहाँबाट पाउनुभयो ?

–तपाईंको तर्फबाट धाक धम्की दिँदै प्रलोभन किन दिइएको ?

–पार्टीका नेतालाई सार्वजनिक गालीगलौज गर्नेलाई प्रशय किन दिएको ?

–तपाईंलाई पार्टी अध्यक्षबाट हटाएर मलाई चयन गरेको तथ्य जानकारी छैन ?

 

Nabintech