• १३ बैशाख २०८१, बिहीबार
भारत र इंग्ल्याण्डको दोस्रो वानडे खेलमा शूर्याले डेब्यू गर्ने


काठमाडौं । भारत र इंग्ल्याण्डको वानडे सिरिजको पहिलो खेलमा भारत ६६ रनले विजयी भएको थियो ।

दोस्रो वानडे म्याचमा भारतको प्लेइङ–११ मा परिवर्तन हुन सम्भावना बढेको छ । चोटका कारण भारतीय टिममा परिवर्तन हुने सम्भावना बढेको हो ।

श्रेयस अय्यरको ठाउँमा सूर्यकुमार यादव खेल्ने पक्का जस्तै भएको छ । श्रेयस अय्यर फिल्डिङ गर्ने क्रममा घाइते भएका थिए । उनी पारीको आठौँ ओभरमा चौका रोक्ने क्रममा घाइते भएका हुन् । श्रेयसको हारतको कन्धोमा चोट लागेको छ ।

अय्यर घाइते भएपछि मैदानबाट बाहिर गएका थिए । उनको ठाउँमा मैदानमा फिल्डिङ गर्न शुभमन गिल आएका हुन् । त्यसैले, सिरिजको दोस्रो वानडे म्याचमा अय्यरको ठाउँमा सूर्यकुमारले आफ्नो डेब्यू गर्ने पक्का पक्की भएको छ ।

यी दुई टिमबीचको दोस्रो वानडे म्याच २६ मार्चमा पुणेमा हुने छ । तीन म्याचको सिरिजमा भारत १–० ले अगाडि रहेको छ ।

Nabintech