• ७ बैशाख २०८१, शुक्रबार
बब्लुको मयालु सार्वजनिक


काठमाडौं । गायक तथा मोडल देबेन्द्र बब्लुको नयाँ गीत “मयालु” सार्वजनिक भएको छ । टिपीकल शैलीमा तयार पारिएको गीतमा बब्लुसँगै नेपाल आइडल सिजन ३ की बिजेता सज्जा चौलागाईको स्वर रहेको छ ।

गीतमा स्वंय बब्लुले शव्द तथा संगीत गरेका छन् । भने बब्लुले नै निर्देशन गरेको भिडियोमा कथा बिशाल घिमिरेको रहेको छ । भिडियोमा गाउँले परिवेशमा आधारित रहेर माया पिरतीलाई देखाउन खोजिएको छ ।

भिडियोमा सागर भण्डारी,गरिमा शर्मा,देबेन्द्र बब्लु , कविता न्यौपाने,गोपाल परियार,काका हुमागाई,सबिन ढुङ्गाना,गणेश भण्डारी लगायतका कलाकारहरु फिचर्ड छन् । यो गीतलाई “Devendra Bablu” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Nabintech