सज्जा चौलागाईको ‘के यस्तो माया बस्यो नि’


काठमाडौं । चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन-३ की विजेता सज्जा चौलागाई र द भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक बलबहादुर राजबंशीको युगल स्वरमा रहेको गीत के यस्तो माया बस्यो नि सार्वजनिक भएको छ ।

बहुमुखी प्रतिभाशाली गायक तथा संगीतकार हरि लम्सालको शब्द र संगीत रहेको प्रेमिल शैलीको यस गीतको भिडियोमा सुरबिना कार्की र नाजिर हुसेनको अभिनय रहेको छ सुरबिना र नाजिर दुवै नेपाली म्युजिक भिडियोमा अब्बल छाप छोड्न सफल जोडी हुन । भिडियोमा एकै गाउँका किशोर किशोरीको गाउँले परिबेसमा त्यहीको माहौलमा झाँगिँदै गैरहेको प्रेमलाई देखाइएको छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादन तथा छ । टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गीत ‘के यस्तो माया बस्यो नि’लाई दर्शकहरुको शतप्रतिसत पोजिटिभ कमेन्ट आएको छ ।

Nabintech