• १६ चैत्र २०८०, शुक्रबार
चन्द्रागिरि हिल्सको उकालो यात्रा कायमै, शेयरमूल्य करिब १६ सय नजिक


काठमाडौं । उकालो यात्रा तय गरिरहेको बजारमा चन्द्रागिरि हिल्सको कम्पनीको बढोत्तरी कायमै रहेको छ । करिब महिनादिनसम्म पनि सकारात्मक सर्किट लागेर कारोबार भइरहेको कम्पनीको उकालो यात्रा आज पनि कायम नै रहेको छ ।

आज सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा नबिल इक्विटी फण्ड, चन्द्रागिरि हिल्स कम्पनी, बोमी लघुवित्त, महिला लघुवित्त र ग्लोबल आइएमई समुन्नतको शेयरको उच्च माग देखिएको हो ।

नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज चैत ९ गते सोमबारसम्म आइपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ । कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।

नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

कारोबार सुरु भएदेखि चैत ९ गतेसम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १६ नजिक पुगेको छ । प्रतिशेयरमूल्य १५ सय ६३ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ४ लाख बढि छ ।

 

Nabintech