• १० चैत्र २०७९, शुक्रबार
जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने सहमति संगै नेविसंघको रिले अनसन तोडियो


ताजा समाचार

काठमाडौ। जेठ ३० भित्र स्ववियू निर्वाचन गर्ने सहमतिसंगै नेविसंघले ४८ दिनदेखि गरिरहेको रिले अनसन तोडिएको छ ।
सोमबार रिले अनसन बसेका नेविसंघ र त्रिवि पदाधिकारीबीच जेठ ३० गतेभित्र स्ववियू निर्वाचन गर्नेलगायत ६ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो ।

स्ववियू निर्वाचनका लागि चैत २५ गतेभित्र सर्वपक्षीय छलफल बोलाउने पनि समझदारी भएको छ।

समझदारी पत्रमा त्रिविका तर्फबाट शिक्षाध्यक्ष शिवलाल भुसाल र नेविसंघका तर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन्।

नेविसंघका नेताहरूलाई अनसन तोडाउन उपकुलपति धर्मकान्त बाँस्कोटा पनि उपस्थित थिए।

यस्तो छ समझदारी पत्र:

Nabintech