काठमाडौं । भारतसँगको टी-२० सिरिजको चौथो खेलमा पनि इंग्ल्याण्डले टस जितेर बलिङ रोजेको छ ।
यी दुई टिमबीचको खेल ७ः१५ बजेदेखि अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुँदैछ ।
इंग्ल्याण्डले आज पनि अघिल्लो प्लेइङ सेटलाई निरन्तरता दिएको छ ।
जारी सिरिजमा इंग्ल्याण्डले २/१ ले अग्रता बनाएको छ । यदि आजको म्याच जिते इंग्ल्याण्डले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्नेछ ।
सिरिजमा जीवित रहन भारतले बिहीबार खेल जित्नैपर्ने हुन्छ ।
भारत दोस्रो खेलमा विजयी हुँदा पहिलो र तेस्रो म्याचमा भने पराजित भएको थियो । दुवै खेलमा भारत आठ-आठ विकेट पराजित भएको थियो ।
भारतले भने प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले युजवेन्द्र चहलको स्थानमा राहुल चाहर र इशान किशनको स्थानमा सूर्यकुमार यादवलाई मौका दिएको छ ।
इंग्ल्याण्डको प्लेइङ-११ जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम करन, आदिल रशिद, मार्क वुड, क्रिस जोर्डन र जोफ्रा आर्चर ।
भारतको प्लेइङ-११ रोहित शर्मा, विराट कोहली (कप्तान), श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, राहुल चाहर र भुवनेश्वर कुमार ।