• १३ बैशाख २०८१, बिहीबार
रवि र पुष्पाको पिरती सार्वजनिक


काठमाडौं । नेपाल आइडलका विजेतासमेत रहेका गायक रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ ।

उनको नयाँ गीत ‘पिरतीको खेल’ सार्वजनिक भएको हो । यो गीतमा रविलाई आवाजमा पुष्पा बोहराले साथ दिएकी छन् । पुष्पाले यसअघि दर्जनौँ विभिन्न लोक तथा देउडा गीत गाइसकेकी छन् ।

नेपाल आइडलपछि रवि एकपछि अर्को गीतमा व्यस्त छन् । आइडल घोषितपछि उनले दुई दर्जन बढी गीत गाइसकेका छन् । रविका केही गीत बजारमा आउने तयारी अवस्थामा छन् ।

बुधबार युट्युबमा रिलिज भएको ‘पिरती खेल’मा शब्द लाल साउँद र जितेन्द्र महतको छ । त्यस्तै, गीतमा संगीत लाल साउँद र सुरेश शाहीको छ । शाहीले नै गीतको एरेन्ज गरेका हुन् ।

यो गीतमा गायक तथा मोडल चक्र बम र रोजी कुँवरले अभिनय गरेका छन् । त्यस्तै, गीतको भिडियोमा बिक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी, वीरेन्द्र भट्टको सिनेमेटोग्राफी छ ।

गीतको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । गीतलाई एसथ्रीके इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

Nabintech