• १५ चैत्र २०८०, बिहीबार
लयमा देखिए डेविड वार्नर, बनाए शानदार शतक


काठमाडौं । अष्टेलियामा जारी ‘द मार्श कप’अन्तर्गत तस्मानियाविरुद्ध डेविड वार्नरले शतकीय पारी खेलेका छन् ।

न्यू साउथ वेल्सबाट प्रतियोगिता खेलिरहेका उनले आज ११५ बलमा १० चौकाको मद्दतमा १०८ रनको पारी खेले ।

वार्नरकै शतकीय पारीको सहयोगमा तस्मानीयाविरुद्ध साउथ वेल्स तीन विकेटले विजयी भएको छ ।

तस्मानियाले दिएको २ सय ५९ रनको लक्ष्य साउथ वेल्सले ४८.५ ओभरमा ७ विकेट गुमाएर भेट्टायो । उसका लागि वार्नरले १०८, मोइसेस हेनरिक्सले ४७, ओलीभर डेविसले २८, म्याथ्यू ग्लिक्स, कुर्टिस प्याटिरर्सनले १७/१७, सन एबटले १३ र कप्तान प्याट कमिन्सले अविजित १९ रनको योगदान दिए ।

बलिङमा ज्याक्सन बर्डले सर्वाधिक तीन विकेट लिए । त्यस्तै, पीटर सिड्डलले दुई, रिले मरिडीथ र बेउ स्टारले एकरएक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको तस्मानियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५८ रन बनायो ।

उसका लागि कालेब जेवेलले ७०, बेन म्याक्डर्मोटले ६८, नाथन इल्सले ३१, ज्याक्सन बर्डले २८, बेउ वेबस्टारले २० र ज्याक्स सिल्कले १२ रन बनाए ।

बलिङमा बेन द्व्वारह्युजले सर्वाधिक चार विकेट लिए । लियाम ह्याचर, नाथन लायनले दुईरदुई र शन एबटले एक विकेट हात पारे ।

Nabintech