• ७ बैशाख २०८१, शुक्रबार
नेप्सेमा तीन कम्पनीको शेयर सूचीकृत


काठमाडौं । नेप्सेमा ग्लोवल आइएमई बैंक सहित तीन कम्पनीको शेयर सूचीकृत भएको छ । बुधबार ग्लोवल आइएमई बैंक,लुम्बिनी विकास बैंक र नेपाल सेवा लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेमा ग्लोवल आइएमई बैंकको २ करोड ६५ लाख ६६ हजार २३१.८ कित्ता बोनस शेयर सूचीकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लुम्बिनी विकास बैंकको पनि १९ लाख १ हजार ४१८.२१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले आफ्नो शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ७ प्रतिशत बोनस वितरण गरेको थियो ।

यस्तै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको पनि २.५ प्रतिशत अर्थात १५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गरेको उक्त बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

तीनै कम्पनीको बोनस, शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

Nabintech