• १५ चैत्र २०८०, बिहीबार
संसदलाई सरकारले बिजनेस दिएन्,पूर्व सासंद र पूर्वमन्त्रीको शोक प्रस्ताव पारित गरेर फर्किन्छन् सासंद !


काठमाडौं । असंवैधानिक र अलोकतान्त्रिक रुपले प्रधानमन्त्री केपी शर्मा ओलील प्रतिनिधिसभा भंग गरेको प्रतिनिधिसभालाई सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गरेतापनि संसद सहज रुपमा सुचारु हुन सकेको छैन् ।

संसद पुनर्स्थापनापछि मुलुकले निकास पाउने आम आशा विस्तारै निराशामा परिणत हुँदैछ र राजनीतिक संक्रमणले झन् जटिल रुप लिएको छ। सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधि सभाको तेस्रोपटकको वैठक पनि औपचारिकतामा सिमिति भएको छ। सर्वोच्चले १३ दिनभित्र बैठक बस्न भनेर दिएको समयको अन्तिममा फागुन २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभा हालसम्म एजेन्डाविहीन रहेको छ । प्रतिनिधिसभा वैठकको पहिलो दिनमै विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबुल भएको थियो भने अन्य अध्यादेश टेबुल हुन सकेका थिएनन्।

फागुन २६ गतेको बैठक प्रतिनिधिसभा सदस्य र पूर्वसांसदहरूको मृत्युमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो । भने मंगलबारको वैठक पनि पूर्वसांसद एवं खानेपानीमन्त्री दिनेशचन्द्र यादवको निधमा शोक प्रस्ताव पारित गर्दै सकिएको छ । वैठक सकिएपछि प्रमुख प्रतिपक्षि दलका संसादहरुले प्रतिनिधिसभा अधिवेशनको सुरुको दिनदेखि नै सरकारले संसद्लाई एजेन्डा नदिएर उदासीनता देखाएको बताएका छन् ।

दलका नेताहरूले बोल्ने र अध्यादेश टेबुल गर्ने कार्यसूची राखेमा सहयोग गर्ने प्रतिपक्षी दलहरूले बताएका थिए ।तर, सरकारले भने त्यसमा चासो नदेखाएको प्रमुख प्रतिपक्षी कांग्रेसका सासंसदको भनाइ छ। प्रतिनिधिसभालाई राम्रोसँग चल्न नदिने सरकारको मनसाय रहेको कांग्रेस सासंसद दिलेन्द्र बडुको भनाइ छ।

यता नेकपा एमालेका सांसद खगराज अधिकारी भने पहिलो बैठकमा अध्यादेश टेबुल गर्नुपर्ने कानुनी व्यवस्था भए पनि अवरुद्ध भएको बताउनुभयो ।संविधानको व्यवस्था कार्यान्वयन गर्न सभामुख सभामुख अग्निप्रसाद सापकोटा चुकेकाले नियम निलम्बनको प्रस्ताव नल्याउने बताउनुभएको छ। संसद चल्नका लागि दुवै सदन चले पार्न संसद गतिशिल बन्ने नेकपा एमालेका सासंद अधिकारीले बताउनुभयो ।

सर्वोच्चको फैसलापछि सांसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले नेकपा एमालेको सरकारलाई समर्थन गरीरेहको छ । तर नेकपा एमालेभित्रको विवादले संसद अवरुद्ध देखिएको छ। प्रतिनिधिसभाको आजको बैठकले सभामुखका अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गरेको छ।

सभामुखका अनुपस्थितिमा डिला सङ्ग्रौला, मानबहादुर विक, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव, लालबाबु पण्डित र सोमप्रसाद पाण्डेयको नाम प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १ को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्य मनोनयन गरिएको हो।

साथै प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गतेसम्मका लागि स्थगित भएको छ।आजको प्रतिनिधि सभा बैठकमा संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित भएको थियो।

 

Nabintech