• ७ बैशाख २०८१, शुक्रबार
आज बजारमा यो कम्पनीको शेयरमा उच्च माग ?


काठमाडौं । लामो समयदेखि करेक्सनको यात्रामा अधि बढिरहको नेप्सेमा सोमबार चन्द्रागिरि हिल्स कम्पनीको शेयरमा उच्च माग देखिएको छ ।आज सोमबार नेप्सेमा कारोबारमा आएका कम्पनीहरुमध्येमा चन्द्रागिरि हिल्स कम्पनी शेयरको उच्च माग देखिएको हो ।

नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको आईपीओ सूचीकृत भएपश्चात आज चैत २ गते सोमबारसम्म आईपुग्दा बढोत्तरी कै यात्रामा बढिरहेको छ ।

कम्पनीले माघ २३ गते, शुक्रबार एक करोड ५३ लाख ४० हजार ९ सय १० कित्ता धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो । सूचीकृत पश्चात कम्पनीको शेयर निरन्तर बढिरहेको छ ।

नेप्सेले चन्द्रागिरि हिल्स कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रूपैयाँ ७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको थियो ।

कारोबार सुरु भएदेखि चैत २ गते सम्म आईपुग्दा कम्पनीको प्रतिशेयरमूल्य १००० नजिक पुगेको छ । प्रतिशेयरमूल्य ९ सय ७२ पुग्दा शेयर बेच्ने शून्य छन् । भने शेयर खरिद गर्नेको उच्च चाप देखिन्छ । आज चन्द्रागिरीको शेयर माग गर्नेको संख्या ६ लाख १३ हजार पुगेको छन् भने बिक्रि गर्ने कोही छैनन् ।

Nabintech