• १३ बैशाख २०८१, बिहीबार
ज्योति लाइफ पछाडि अब सर्वसाधारणले यो कम्पनीको आईपीओ भर्न पाउने ?


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री बन्द भएसँगै आम लगानीकर्ताको मनमा प्रश्न उब्जिएको छ । प्रश्न हो, अब कुन कम्पनीले आईपीओ निष्कासन गर्ला ?

पछिल्लो समय निष्कासन आईपीओहरुमा नयाँ रेकर्ड बन्दै गइरहेका छन् । चन्द्रागिरीको आईपीओदेखि ज्योति लाइफको आईपीओसम्म आईपुग्दा सबै कम्पनीको आईपीओमा नयाँ रेकर्ड बने ।

फागुन २६ गते बिक्री बन्द गरिएको ज्योति लाईफको आईपीओमा साढे १८ लाख आवेदकले आवेदन दिए । जुन अहिलेसम्म सबैंभन्दा बढी आवेदन हो ।

अब कुन कम्पनीको आईपीओ भर्न पाइने ?

अब सर्बसाधारण लगानीकर्ताले हाइड्रो कम्पनीको आईपीओ भर्न पाउने भएका छन् । लगानीकर्ता आगामी हप्ता अर्थात चैत ६ गतेदेखि सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिन पाउनेछन् ।

सर्वसाधारणका लागि कति कित्ता आईपीओ निष्कासन हुने ?

कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीले कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानीकोषहरुका लागि छुट्याएको छ ।

बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड हुनेछ । यसअघि स्थानीयहरुको लागि शेयर विक्री खुल्ला गरेको कम्पनीले अब भने सर्वसाधरणको लागि आईपीओ सार्वजनिक गर्न लागेको हो ।

कति कित्ता आईपीओको लागि आवेदन दिन सकिने ?

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओमा कहिलेसम्म आवेदन दिन सकिने ?

कम्पनीको आईपीओमा छिटोमा चैत ६ गतेदेखि १० गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा चैत २० गतेसम्म आवेदन दिन पाइने व्यवस्था छ।

Nabintech