• ७ बैशाख २०८१, शुक्रबार
यी पाँच वाणिज्य बैंकले गरे ब्याजदर परिवर्तन, कुन खातामा कति ?


काठमाडौं । स्टाण्डर्ड चार्टर्ड, एभरेष्ट, कुमारी, एसबिआई र हिमालयन बैंकले नयाँ ब्याजदरको सार्वजनिक गरेका छन् ।

स्टाण्डर्ड चार्टर्ड बैंकको कर्जाको न्यूनतम आधार दर ६.०७ प्रतिशत रहेको छ । एभरेष्ट बैंकको ६.४० प्रतिशत रहेको छ । हिमालयन बैंकको बेसरेट ६.८३ प्रतिशत रहेको छ । एसबिआई बैंकको बेसरेट ७.३१ प्रतिशत रहेको छ । कुमारी बैंक बेसरेट ७.६१ प्रतिशत रहेको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकको ब्याजदर पुरानै कायम छ । जसमा व्यक्तिगत तर्फ एकवर्षे मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याजदर प्रस्ताव छ भने बचत खातामा २ प्रतिशत ब्याजदर छ ।

एभरेष्ट बैंकले एकवर्षको व्यक्तिगतमा ६.२५ प्रतिशत तथा संस्थागतमा ६ प्रतिशत ब्याजदरको कायम गरेको छ । साधारण बचत खाताको ब्याजदर २ प्रतिशत छ ।

हिमालयन बैंकले ६ महिनासम्मको मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ६ प्रतिशत ब्याजदर कायम गरेको छ । संस्थागत तर्फ ६ महिनाको ६ प्रतिशत नयाँको लागि रिन्युको लागि साढे ६ प्रतिशत ब्याजदर तोकेको छ ।

कुमारी बैंकले बैंकले साधारण निक्षेप अर्थात बचतमा न्यूनतम २ देखि ४ प्रतिशत ब्याज कायम गरेको छ । बैंकले मुद्दती निक्षेपको ब्याजदर भने वृद्धि गरेको छ। बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको हो । सोही ब्याजदरलाई आधा प्रतिशत बिन्दुले बढाएर ६ प्रतिशतको ब्याजलाई साढे ६ प्रतिशत पुर्‍याएको हो।

एसबिआई बैंक लिमिटेडले बैंकले २७ वटा बचत खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३ दशमलब १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ । बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ३ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशत कायम गरेको छ ।

Nabintech