• १३ बैशाख २०८१, बिहीबार
दुई वाणिज्य बैंकले गरे नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकले कति दिर्दैछ ब्याज ?


काठमाडौं । दुई वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । दुई बटै बैंकले चैत १ गतेदेखि लागूहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

कुमारी बैंक

कुमारी बैंकले साधारण निक्षेप अर्थात बचतमा न्यूनतम २ देखि ४ प्रतिशत ब्याजदर यथावत राखेको छ ।

त्यस्तै बैंकले मुद्दती निक्षेपको ब्याजदर वृद्धि गरेको छ। चैत १ गतेदेखि लागू हुने गरी बैंकले मुद्दतीको ब्याजदर बढाएको हो।

बैंकले तीन महिनादेखि एक वर्षसम्म अवधिको मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । अहिले बैंकले मुद्दती निक्षेपमा ६ प्रतिशत ब्याज दिइरहेकोमा छ ।

सोही ब्याजदरलाई आधा प्रतिशत बिन्दुले बढाएको हो। ६ प्रतिशतको ब्याजलाई बैंकले साढे ६ प्रतिशत पुर्‍याएको हो। यो व्यक्तिगत मुद्दतीकर्तालाई दिने ब्याज हो।

संस्थागत निक्षेपकर्ताको ब्याज भने राम्रै बढाएको छ। यसअघि ३ महिनादेखि ६ महिनासम्मको ब्याज ४.७५ प्रतिशत, ६ महिनादेखि एक वर्षसम्म ५.२५ प्रतिशत, पाँच वर्षसम्मकोमा ६.७५ प्रतिशतसम्म ब्याज थियो।

अब बैंकले तीन महिनाभन्दा माथिका सम्पूर्ण संस्थागत मुद्दती निक्षेपको ब्याज ७ प्रतिशत पुर्‍याएको छ। त्यस्तै, कर्जाको ब्याजदर भने परिर्वतन गरिएको छैन् ।

बैंकले​ सार्वजनिक गरेको नयाँ ब्याजदर यस प्रकारको छः

नेपाल एसबिआई बैंक

नेपाल एसबिआई बैंकले संचालनमा ल्याएका २७ बचत तथा निक्षेपमा खातामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३ दशमलब १६ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ ।

त्यस्तै, बैंकले मद्दति निक्षेपमा व्याक्तिगत तर्फ न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म कायम गरेको छ भने संस्थागत तर्फ न्यूनतम ३ प्रतिशतदेखि ६ दशमलव ५० प्रतिशत कायम गरेको छ ।

बैंकले प्रवाह गर्ने कर्जाहरुमा न्यूनतम १२ प्रतिशतदेखि १४ दशमलब ५० प्रतिशतसम्म ब्याज तोकेको छ ।

बैंकले​ सार्वजनिक गरेको नयाँ ब्याजदर यस प्रकारको छः

 

Nabintech