• १५ चैत्र २०८०, बिहीबार
पुलिसविरुद्ध सन्दीपको टिमको फराकिलो हार, दीपेन्द्रको घातक बलिङ


काठमाडौं । काठमाडौंमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरुद्ध मेयर्स-११ टिम १ सय ३ रनले पराजित भएको छ ।

पुलिसले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको मेयर्स-११ ले ३१.२ ओभरमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान सन्दीप लामिछानेले १७ बलमा दुई छक्का र तीन चौकासहित सर्वाधिक २६ रन बनाए ।

त्यस्तै, कृष्ण कार्कीले १९ र सिद्धान्त लोहनीले १८ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा पवन सराफले चार, दीपेन्द्रसिंह ऐरीले तीन, ललित राजवंशीले दुई र सागर ढकालले एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको पुलिस ४७.४ ओभरमा अलआउट भयो ।

उसका लागि योगेन्द्रसिंह कार्कीले ४०, कुशल भुर्तेलले ३४, पवन सराफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ र दिलिप नाथले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा कप्तान सन्दीप लामिछाने, बिपिन खत्री र हरिशंकर साहले उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले १० ओभरमा ३५ रन दिएर तीन, हरिशंकरले ९.४ ओभरमा २८ रन खर्चेर तीन विकेट लिए ।

बिपिनले पनि १० ओभरमा ५४ रन दिएर तीन विकेट नै लिए । त्यस्तै, अनिल खरेलले एक विकेट हात पारे ।

आजको जितसँगै पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । मेयर्स-११ भने प्रतियोगिताबाट लगभग बाहिरिएको छ ।

Nabintech