• १४ बैशाख २०८१, शुक्रबार
बजारमा करेक्सन हुँदा आजको बजारलाई विश्लेषण गरेर गर्दा ?


काठमाडौं । बुधबार शेयरबजारमा सामान्य करेक्सन आएको छ । आज नेप्से परिसूचक ३ दशमलव ४० अंकले करेक्सन भएको हो । बजारमा सामान्य करेक्सन आउँदा नेप्से २४५८.४८ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ४४५.२३ मा ओर्लेको छ । नेप्सेका अनुसार कारोवार रकम उल्लेख्य मात्रामा घटेको छ ।

तर, मंगलबारको तुलनामा ६५ करोड कारोबार घटेको छ । कूल २०५ कम्पनीको ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड मूल्यमा खरिदबिक्री भए ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

बुधबार दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने एनआएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ, लिबर्टि इनर्जिको पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।

यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ भने मिथिला लघुवित्तको ४.१५ प्रतिशत, शिखर इन्स्योरेन्सको ४ प्रतिशत र अरुण भ्यालि हाइड्रोपावरको ३.५१ प्रतिशतले घटेको छ।

बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बरबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ७१ लाख, अरुण भ्यालीको १४ करोड ६६ लाख र नेपाल इन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

बजार पनि घट्यो, कारोबार पनि घट्यो

घट्दो बजारमा कारोबार घट्नुलाई सकारात्मक मानिन्छ । लगानीकर्ता बजार बढ्ने बढ्ने मनोबलका साथ शेयर होल्ड गरी बसिरहेका छन् । जसले गर्दा बजारमा शेयर बिक्री गर्ने भन्दा खरिद र्ताको चाप देख्न सकिन्छ ।

यदी घटेको बजारमा पनि कारोबार रकम बढेको थियो भने असामान्य अवस्थाको संकेतका रुपमा लिन सकिने बजारविज्ञहरु बताउँछन् । बजार जुन अंकले घटेको छ त्यही अनुपातमा कारोबार हुनु सामान्य रहेको विज्ञको भनाइ रहेको छ ।

आजको कारोबारले बजार कुनै पनि बेला उच्च् अंकले बढ्न सक्ने संकेत गरेको छ । यदी घटिहाले ता पनि उच्च अंकले बजार नघट्ने बजार विज्ञले बताएका छन् । त्यसकारण आज घटेको बजारले खासै उथलपुथल गरेको पाइदैन् । यसलाई लगानीकर्ताले सामान्य रुपमा लिनु पर्दछ ।

Nabintech