• १४ बैशाख २०८१, शुक्रबार
प्राइम बैंकले साढे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?


काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको डिबेञ्चर ल्याउने भएको छ ।

बैंकको ८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५’ चैत २८ गतेदेखि निष्कासन भइ छिटोमा चैत ३ गते र ढिलोमा चैत १३ गते बन्द हुनेछ ।

८ वर्ष अवधिमा डिबेञ्चरमा लगानी गर्नेले वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता डिबेञ्चर १००० रुपैयाँका दरले पाइनेछ ।

जसमध्ये १४ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल १ खर्ब ४० करोड ऋण पुँजी रकम (५ प्रतिशत अर्थात् ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि) छुट्याइएको छ भने सर्वसाधारण नेपालीका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने २१ लाख कित्ता डिबेञ्चरले हुन आउने कुल २ अर्ब १० करोड रुपैयाँ ऋणपुँजी रकम व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

Nabintech