• १४ बैशाख २०८१, शुक्रबार
ज्योति लाइफको आईपीओ भर्नुभयो ? आवेदन दिने आज अन्तिम दिन


काठमाडौं । ज्योति लाईफ इस्योरेन्सको आईपीओ भर्नुभयो ? आज अर्थात फागुन २६ गते बुधबार आवेदन दिने अन्तिम दिन रहेको छ । फागुन २१ गते शुक्रबारदेखि विक्री खुला गरिएको कम्पनीको आईपीओमा मंगलबारसम्म करिब १६ लाख आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बुधबार साझ ५ बजेसम्म यी आवेदकहरुबाट २ करोड ९८ लाख ७७ हजार ५४० कित्ता शेयर खरिद माग भएको हो । जुन मागभन्दा ५.६३ गुणा बढी हुन आउँछ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि फागुन २६ गतेभित्रै बन्द हुनेछ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ ।

जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो । हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी१ अर्ब ५४ करोड रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड पुग्नेछ ।

कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६/७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार छ ।

Nabintech