• १३ बैशाख २०८१, बिहीबार
चलचित्र ‘सरी मम’ बन्ने, नयाँ कलाकारको खोजि


काठमाडौं । कोरोना महामारीभन्दा अगाडि कलाकार छनोटका लागि विरलै अडिसनहरु हुने गरेका थिए । कोरोनाका कारण ९ महिना लामो वनबासपछि भने निर्माणको तयारीमा रहेका प्रायः फिल्मले अडिसन गरिरहेका छन् ।

फिल्ममा प्रवेश गर्न चाहनेहरुका लागि अडिसन राम्रो प्लेटफर्म मानिन्छ । तर, अडिसनबाट राम्रालाई भन्दा हाम्रालाई छान्ने गरिएको गुनासाहरु पनि सुनिँदै आएको छ ।

यसबीच, विनोद लामाको प्रस्तुतीमा निर्माण हुन लागेको नयाँ फिल्म ‘सरी मम’ का लागि अडिसन आह्वान गरिएको छ । चार जना मुख्य कलाकारका लागि चैत १ गते नेपाल फिल्म एकेडेमी महाराजगञ्जमा अडिसन हुनेछ ।

निर्माता लामाले १७ देखि २० वर्ष उमेर समुहका तीन जना महिला र सोही उमेर समुहका एक जना पुरुष कलाकारका लागि अडिसन लिन लागिएको जानकारी दिए ।

अडिसनमा सहभागी हुन चाहनेले कम्पनीको इमेल  [email protected] मा आफ्नो तस्विरसहितको जानकारी पठाउन सक्नेछन् । एनएफआई क्रियसनको ब्यानरमा निर्माण हुने फिल्मको आउँदो बैशाखबाट छायांकन सुरु हुँदेछ । निर्माता

Nabintech