• ११ बैशाख २०८१, मंगलवार
सत्ता साझेदारीका लागि एमाले-जसपाको संयुक्त कार्यदल गठन,रेशम चौधरीको रिहाईको बार्गेनिंग


काठमाडौं । सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् ।

कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । त्यस्तै मंगलबार जसपाले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी पाइएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । हाल नेकपा एमालेसंग १२०,नेपाली कांग्रेस ६३ संसदमध्ये विजयकुमार गच्छदार र अफताब आलम निलम्वित हुदा ६१, माओवादी केन्द्रसंग ५४ सांसद छन् । जसमा केपी ओली नेतृत्वमा रहेका राम बहादुर थापा, लेखराज भट्ट, प्रभु शाह, टोपबहादुर रायमाझी लगायतका नेता केपी नेकपा एमालेमै हरेका छन् । भने जसपाका ३४ सासंदमध्ये हरिनारायण रौनियार र रेमशलाल चौधरी निलम्बित अवस्थामा छन् ।

जसपा स्रोतका अनुसार रेशम चौधरीको रिहाईका लागि प्रधानमन्त्री सकारात्मक भएकाले एमालेसँगै वार्ता अघि बढाउन चाहेको हो ।ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराईका लागि सरप्राइज भएको छ । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् ।

 

Nabintech