• १४ बैशाख २०८१, शुक्रबार
सर्वोच्चले भनिदेओस् सभामुखलाई गाई कि त्रिशूल गर्ने ?:गगन थापा

अध्यादेश फिर्ता नभए बुधबारको बैठक पनि चल्न नदिने



काठमाडौं । नेपाली काँग्रेसका सांसद गगन थापाले नेकपा एकतामा सर्वोच्च अदालतले गरेको फैसलाले मुलुकमा जटिलता बढाएको बताएका छन् ।​

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग सर्वोच्चको फैसलाले हेर्दा सजिलो बनाए झैं देखिए पनि यसले निकै जटिल अवस्थामा पुर्‍याएको बताए ।

अदालतको फैसला मान्नुपर्ने अवस्था भए पनि माग नगरिएको विषयमा अदालतले बोल्दा समस्या खडा भएको थापाको भनाइ छ ।

आजको अदालतको निर्णयपछि प्रधानमन्त्रीले विश्वासको मत लिनु परिहाल्यो नि !  प्रधानमन्त्रीले विश्वासको मत लिनुभयो, नेकपा एमाले भयो, नेकपा माओवादी भयो भनेर बाहिर बुझिए जसरी टुङ्गिँदैन । कि सम्मानित अदालतले भनि दिनुपर्यो सभामुखलाई के गर्ने ? सभामुख एउटा पार्टीको भए उपसभामुख अर्को पार्टीको हुनुपर्छ । हामीले कुन पार्टीको मान्ने रु सभामुखलाई गाई कि त्रिशूल गर्ने कि रु कतापट्टि लाने ? एक दुई जना सांसद निर्वाचित भएर आउनुभएको छ । कुन पार्टीको मान्ने ?’ उनको प्रश्न छ ।

यो गाँठो नेकपाले नै पारेकाले नेकपाले नै फुकाउनुपर्ने थापाले बताए । उनले भने, ‘यो हामीले पारेको गाठो पनि होइन । हामीले फुकाउने पनि होइन ।’

नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आएपछि अब प्रधानमन्त्री संविधानको कुन धाराको रहे भन्ने उनको प्रश्न छ । ‘हामीले हेर्ने भनेको अदालतले निर्णय गरिसकेपछि यहाँ संसदभित्र दुई दलको अस्तित्व भयो । नेकपा एमाले र नेकपा माओवादी केन्द्र रह्यो । अब प्रधानमन्त्री संविधानको कुन धाराको रहनुभयो ? ‘ थापाको प्रश्न छ, ‘सभामुख कुन दलको यही सबै कुराहरु उहाँहरुले प्रस्ट बनाउने कुरा भयो ।’

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता नभए बुधबारको बैठक पनि चल्न नदिने थापाले बताए ।

Nabintech