दुई वाणिज्य बैंकसहित तीन कम्पनीको शेयर सूचीकृत, कुनको कति ?


काठमाडौं । नेप्सेमा दुई वाणिज्य बैंकसहित तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।

आइतबार नेप्सेमा शेयर सूचीकृत गर्नेमा माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक र छिमेक लघुवित्त रहेका छन् । यी तीन वटै संस्थाले एक करोड ८० लाख कित्ता बोनस शेयर सूचीकृत गरेका हुन ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ५९ लाख ४६ हजार १ सय ६९ दशमलव ३१ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।


लक्ष्मी बैंक लिमिटेडको ८८ लाख ३१ हजार ३ सय ३ दशमलव ५६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Nabintech