• १२ श्रावण २०८१, शनिबार
‘विप्लवलार्ई छिट्टै पार्टीमा स्वागत गर्ने प्रतिक्षामा छु’:प्रचण्ड


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफूले कोरेको बाटोमा नै आएको जिकिर गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले विप्लवलार्ई छिट्टै पार्टीमा स्वागत गर्न प्रतीक्षारत रहेको पनि बताए । “उहाँ अन्तत्वगत्वा पार्टीकै बाटोमा, मैले कोरेकै गोरेटोमा आइपुग्नुभएको छ,” उनले भने, “यस अर्थमा म उहाँलाई धन्यवाद भन्न चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा स्वागत गर्ने प्रतीक्षामा रहेको कुरा घोषणा गर्न चाहन्छु ।”

उनले अन्नतस् विप्लव आफ्नै टिममा आउनुपर्ने दाबी पनि गरे । “मैले भनेको थिएँ, अर्को प्रचण्ड अहिले हुँदैन । अहिले एउटै मात्र प्रचण्ड हुन्छ । एउटा कालखण्डमा दुईटा पात्र एउटै हुँदैन भनेको थिए । अन्ततः प्रचण्डले कोरेकै बाटोमा आउनुभयो,” उनले भने ।

विप्लव समूहले शुक्रबार राजधानीमा शान्तिपूर्ण राजनितिमा आउने घोषणा गरेका थिए ।

 

Nabintech