• १३ बैशाख २०८१, बिहीबार
साढे तीस लाख बढिले खोले डिम्याट, पाँच महिनामा थपिए १० लाख नयाँ खाता


काठमाडौं । सिडिएस क्लियरिङ लिमिटेडका अनुसार आज (शुक्ररवार) सम्म डिम्याट खाता संख्या ३० लाख ६१ हजार ६६८ पुगेका छन् । पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै डिम्याट खाता संख्या बढेको हो ।

केही समय अगाडि कम्पनीहरुले पनि आईपीओ बाँडफाँट गरेको एक महीनापछि शेयर सूचीकृत गराउथे भने अहिले आईपीओ बाँडफाँट भएको एक हप्तामै शेयर कारोबार हुन थालेको छ ।

यसले गर्दापनि प्राथमिक बजारमा लगानीकर्ताहरुको आकर्षण बढेको हो । बजार बुलिस ट्रेण्डमा रहेकाले छोटो समयमा थारै लगानीबाट धरै आम्दानी भएपछि शेयर बजारप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ अझै आगामी दिन डिम्याट खाता खोल्नेको संख्या बढ्ने देखिन्छ ।

नयाँ इन्स्योरेन्स कम्पनी लगायत डिस होम जस्ता कम्पनीले आईपीओ निष्कासन गर्ने तयारीमा रहेकाले पनि अझै डिम्याट खाता खोल्नेको संख्या वृद्धि हुने देखिन्छ ।

नेपाली धितोपत्र बजारमा सबैभन्दा बढी कित्ता आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ निष्कासन गरेपछि पनि डिम्याट खाता संख्या बढेको देखिन्छ । कम्पनीले ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीको आईपीओमा न्यूनतम १० देखि ५० कित्तासम्म माग गरी आवेदन गरेकाले माग गरे बमोजिम र त्यसभन्दा बढी ६० कित्तासम्म पाएका थिए । यसले गर्दा पनि शेय्र बजारमा लगानीकर्ता आकर्षण बढेको हो । डिम्याट खाता ३० लाखभन्दा बढी भएपनि दोस्रो बजारमा दैनिक कारोबार गर्ने भने न्यून छन् ।

हालसम्म दैनिक करोबार गर्ने लगानीकर्ताको संख्या ४ लाख रहेका छन् भने १६ लाखले आईपीओ भर्दै आएका छन् । करीब पाँच महीना यता डिम्याट खाता संख्या १० लाख थपिएका छन् । गत असोज २६ गतेसम्म २० लाख ७३ हजार १६८ रहेकोमा फागुन आज २० गतेसम्म ३० लाख नाघेका पुगेका छन् ।

Nabintech