• १४ बैशाख २०८१, शुक्रबार
पीएसएल टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित, यस्तो छ कारण


एजेन्सी । पाकिस्तान सुपर लिग ‘पीएसएल’ टी-ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ । पाकिस्तान क्रिकेट बोर्डले बिहीबार लाहोर र कराँचीमा जारी पीएसएल अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको कारण जारी प्रतियोगिता स्थगित गरिएको हो । सहभागि टिमसँगको छलफलपछि खेलाडी र लिगमा सहभागीको स्वास्थ्यलाई ध्यानमा राख्दै लिग स्थगित गरिएको बोर्डले जनाएको छ ।

पछिल्लो समय खेलाडी र स्टाफमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि प्रतियोगिता स्थगित गरिएको हो । यस सिजनको लागि नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि कराँची पुगेका थिए ।

सन्दीपले लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने तय थियो । लाहोरले सन्दीपलाई राशिद खानको स्थानमा अनुबन्ध गरेको हो ।

 

Nabintech