• १३ बैशाख २०८१, बिहीबार
बिहीबार शेयरमूल्य १० प्रतिशतले बढेका कम्पनीको प्रतिशेयरमूल्य कति पुग्यो ?


काठमाडौं । बिहीबार नेप्सेले उकालो यात्रा कायम गरेको छ । केहिदिनदेखि करेक्सन भइरहेको बजारमा विहीबार भने ८७ अंकले सुधार आएको हो ।

बिहीबार बढेको बजारमा तीन कम्पनीको शेयर १० प्रतिशतले बढेको हो । आज शेयरबजारमा चन्द्रागिरी हिल्स कम्पनी, लिबर्टी इनर्जी कम्पनी र शुर्योदय लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज नेप्सेमा चन्द्रागिरी हिल्स कम्पनीको प्रतिशेयरमूल्य ६०५ पुगेको छ । त्यस्तै शुर्योदय लघुवित्तका प्रतिशेयरमूल्य १९३६ रुपैयाँ र लिबर्टी इनर्जी कम्पनीको प्रतिशेयरमूल्य २८६ रुपैयाँ पुगेको छ ।

बुधबार चन्द्रागिरी हिल्स कम्पनीको शेयरमूल्य ५५५ रुपैया पुगेको थियो भने आज बिहीबार १० प्रतिशतले बढेर प्रतिशेयरमूल्य ६०५ रुपैयाँ पुगेको हो ।

त्यस्तै बुधबार शुर्योदय लघुवित्तको १८६० रुपैया रहेको शेयरमूल्य बढेर आज १९३६ रुपैयाँ पुगेको हो ।

त्यस्तै, बुधबार लिबर्टी इनर्जी कम्पनीको २६६ रुपैया रहेको शेयरमूल्य बढेर आज २८६ रुपैयाँ पुगेको छ ।

बुधबार लिबर्टी इनर्जी कम्पनी र शुर्योदय लघुवित्तको शेयरमूल्य घटेको थियो भने चन्द्रागिरी हिल्स कम्पनीको शेयर बढेको थियो । चन्द्रागिरी हिल्स कम्पनीको कारोबार बढोत्तरी निरन्तर कायमै रहेको छ ।

Nabintech