• १६ चैत्र २०८०, शुक्रबार
मोलुङ्ग हाइड्रोले ३५ लाख कित्ता आइपीओ निष्काशन गर्ने


काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका ३५ लाख ३१ हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । आइपीओ निष्काशन गर्नका लागि सनराइज क्यािपटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीका तर्फबाट प्रबन्ध संचालक अमृतकुमार महर्जन र सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको ७ मेगावाट क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४ चैत १२ गतेदेखि ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ ।

२०७७ माघ २५ गते सम्पन्न कम्पनीको ११औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पुँजी बृद्धि गरी १ अर्ब र जारी पुँजी बृद्धि गरी ८० करोड पच्चीस लाख कायम गर्ने निर्णय गरियो ।

उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पुँजीमा ५६ प्रतिशत संस्थापक शेयर र ४४ प्रतिशत सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पुँजी कायम हुनेछ ।

Nabintech