मुम्बई टिमको कप्तान बने पृथ्वी


काठमाडौं । भारतीय युवा ब्याट्सम्यान पृथ्वी शा मुम्बई टिमको कप्तान बनेका छन्। शालाई विजय हजारे ट्रफी नकआउट खेलका लागि मुम्बई टिमको कप्तान नियुक्त गरिएको हो।

नियमित कप्तान श्रेयस अय्यर, अनुभवी ब्याट्सम्यान सूर्यकुमार यादव र शार्दुल ठाकुर नकआउट खेलका लागि उपलब्ध हुने छैन। तीन खेलाडीहरू इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजका लागि भारतीय टिममा सामेल भएका छन्।

मुम्बई क्रिकेट एसोसिएसनले नकआउट खेलका लागि आफ्नो टिमको घोषणा गरेको छ। नकआउट खेलहरू ७ मार्चदेखि दिल्लीमा हुनेछन्।

लिग चरणमा मुम्बई टिमले सबै खेलहरू जितेको छ। एलिट ग्रुप डीमा मुम्बईले पाँचै खेलहरू जितेको हो।

शाबाहेक मुम्बई टोलीमा यशसवी जसवाल, सिद्धेस लाड, आदित्य तारे, सरफराज खान, शिवम दुवे जस्ता ब्याट्सम्यान छन्। बलिङमा धवल कुलकर्णी, तुषार देशपाण्डे, शमस मुलानी र आकाश पार्कर जस्ता खेलाडी टिममा छन्।

शाले अहिलेसम्म लिग खेलमा उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले विजय हजारे ट्रफीको एक इनिङ्समा सर्वाधिक रनको कीर्तिमान समेत बनाएका छन्। शाले शानदार दोहोरो शतक समेत बनाएका थिए।

विजय हजारे ट्रफी नकआउट खेलका लागि मुम्बईको पूर्ण टिम:

पृथ्वी शा (कप्तान), यशयासी जयस्वाल, अखिल हेरवाडकर, सिद्धेश लाड, धवल कुलकर्णी, सरफराज खान, आदित्य तारे ९विकेटकीपर०, चिन्मय सुतार, हार्दिक तिमोर, शिवम दुबे, आकाश पार्कर, आतिफ अत्तरवाला, शमस मुलानी, अथर्व अकोलेकर, साईराज पाटिल, सुजित नायक, तनुश कोटियन, प्रशांत सोलंकी, अमन खान, तुषार देशपाण्डे, सिद्धार्थ राउत र मोहित अवा।

Nabintech