सरकारले ल्याएका विधयक कार्यान्वयनको अनुगमन राष्ट्रियसभाले गर्छ:शशिकला दाहाल


काठमाडौं।राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले सरकारले ल्याएका विधयक कार्यन्वयनको अवस्थाबारे राष्ट्रियसभाले अनुगमन गर्ने बताउनुभएको छ ।

एक सय ११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सोमबार सिंहदरबारमा आयोजित पत्रकार महिलाहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै  उपाध्यक्ष दाहालले कानून कार्यान्वयनको अनुगमन गर्ने निकायलाई सञ्चारमाध्यमले गर्ने खबरदारी गर्नुपर्ने बताउनुभयो। कानुन कार्यन्वयनको ऐन मापनको अवस्थाको बारेमा पनि राष्ट्रिसभाका समितिले अनुगमन गरी सरकारलाई निर्देशन दिने बताउनुभयो।

संसदले लैंगिक संवेदनशील र जनमैत्री ऐन कानूनहरु बनाएको भए पनि तिनको कार्यान्वयन पक्ष निकै फितलो रहेको चर्चा गर्दै उपाध्यक्ष दहालले कार्यनवयन भए,नभएको विषयमा सरोकारवाला निकायसंग बृहत छलफल गर्ने  बताउनुभयो।

कार्यक्रममा सहभागी पत्रकार महिलाहरुले नेपालमा कानून निर्माण पर्याप्त भए पनि त्यसको कार्यान्वयन पक्ष निकै कमजोर रहेको बताएका थिए। कानून निर्माण भइसकेपछि त्यसको कार्यान्वयन नभएको, अदालतले गरेको फैसलाको समेत कार्यान्वयन गराउन निकै झन्झटिलो प्रक्रियाबाट गुज्रिनु परेको, कानून कार्यान्वयन भए,नभएको अनुगमन र खबरदारी गर्ने संयन्त्र नै नभएजस्तो अवस्था रहेको सहभागीहरुले बताएका थिए ।

संसदमा सञ्चार र लैंगिक सवालसँग जोडिएका थुप्रै विधेयकहरु प्रक्रियामा रहेको चर्चा गर्दै सहभागीहरुले कानून निर्माणको चरणमै गम्भीर छलफल र अध्ययन गरेर मात्रै ऐन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

साइबरजन्य घट्नाबाट महिला अझ बढी प्रभावित हुने भएकाले विधुतिय साम्रागीमा निश्चित कानुन ल्याउनुपर्ने पत्रकारहरुले सुझाव दिएका थिए ।

 

 

Nabintech