नेप्सेमा स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन


काठमाडौं । नेप्सेले आइतवार स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १२ दशमलव ३९ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य १ हजार ३१५ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य १ हजार ४७८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत अवाको मुनाफाबाट १२ दशमलव ३९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६५ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले साधारण सभा फागुन २९ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११:३० बजे बोलाएको हो ।

 

Nabintech