रघुुजी पन्तले भने,’कोमल ओलीले साडी सर्काएर पिडुला देखाएपछि सांसद भइन् !’

कपाल फुलेर चाउरी पढ्या बुढी कामरेडहरु लाई कसले सासंद बनाउने



काठमाडौं ।नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले राष्ट्रियसभा सदस्य कोमल वली केपी शर्मा ओली टिममा लागेकै भरमा पोइला जाम भन्ने गीत गाएर पिंडुला देखाएकै भर सांसद भएको आक्षेप लगाएका छन् ।

पन्तले वलीलाई आक्षेप लगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा पन्तले वलीले पिडुँला देखाएर राष्ट्रियसभा सदस्य र नेकपाको केन्द्रीय सदस्य पाएको आक्षेप लगाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर पन्तले भिडियोमा यस्तो भन्नुभएको छ : ‘छन् अहिले महिलाहरू पनि केपीतिर पनि लागेका छन् । २० औँ वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरू पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् । केपी ओलीले केरे कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै पोइल जान पाँउ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फूलेर चाउरी परेका बुढी कामरेडहरू न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

 हेर्नुहोस भिडियो :

Nabintech