• १५ चैत्र २०८०, बिहीबार
नयाँ सत्ता समीकरणका लागि कांग्रेसका ६३ सांसद निर्णायक

नेकपा फुटेपछि मात्रै नेकपाका कुनै एक पक्षसंग समकिरण गर्ने देउवाको प्रष्टोक्ति



काठमाडौं । सर्वोच्चले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै नयाँ सरकार गठनका लागि दलहरु कसरतमा जुटेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रूपमै विभाजित भए सत्ता समीकरणका लागि निर्णायक शक्ति नेपाली कांग्रेस हुनेछ । सरकार निर्माणको लागि चाहिने सामान्य बहुमतको लागि कांग्रेसका ६३ सासंद नै निर्णायक देखिएका हुन् ।

सत्तारुढ नेकपा विभाजनले कानूनी मान्यता पाइनसके पनि राजनीतिक रूपमा नेकपा संसदीय दल विभाजित भइसकेको छ । नेकपाको आन्दोलनरत पक्षले नयाँ सरकार बनाउनका लागि कांग्रेसलाई साथ लिनुपर्ने देखिन्छ ।तर नेपाली कांग्रेसले पनि सत्ता समीकरणमा लाग्नु अघि नेकपाको वैधानिक विभाजन खोजेको छ ।

नेकपाको हाल १७३ सिट मध्ये नेकपा आन्दोलनतर पक्षमा ९२ सांसद र ओली पक्षमा ८१ सांसद रहेका छन् । नेकपाको यही अंकगणित कायम रहे सरकार बनाउन १ सय ३४ सांसद पु¥याउन नेकपा आन्दोलनरत पक्षलाई कांग्रेसकै साथ चाहिन्छ । तर, शेरबहादुर देउवा भावी समीकरणका विषयमा प्रस्ट नभएकाले अहिल्यै कांग्रेसले कुनै पक्षसँग वार्ता नगर्ने बताउनुभएको छ ।

नेकपा विभाजन र एकता कतातिर मोडिन्छ प्रस्ट नभएकाले कांग्रेसले निर्णयका लागि हतार नगर्ने सभापति शेरबहादुर देउवाको भनाइ छ । यता नेकपाका दुवै समूहले सरकार बनाउन कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटिरहेका छन् ।

नेकपाका आन्दोलनरत पक्षका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति देउवालाई सत्ता समीकरणका लागि प्रस्ताव गरेका थिए । तर, नेकपा आन्दोलनरत पक्ष भने संविधानले प्रधानमन्त्री बन्नका लागि निर्देशित नियमहरुमा रहेर आवश्यकता अनुसार विभिन्न दलसँगको सहकार्यलाई लिएर वार्ता गरीरहेको नेकपा नेता रामकुमारी झाँक्रीले बताइन् ।

यता कांग्रेसभित्रै संस्थापन इतर पक्षका नेताहरु भने ओली पक्ष भन्दा नेकपा आन्दोलनरत पक्ष सँगै सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । तर, सभापति देउवाले विगतदेखि नै ओलीसँगको सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।

 

 

Nabintech