• ७ बैशाख २०८१, शुक्रबार
डिम्याट खाता के हो ? कसरी खोल्ने ? (सम्पूर्ण प्रक्रियासहित)


काठमाडौं । नेपाल धितोपत्र बोर्डले साउन १ गते देखि प्राथमिक शेयर निष्कासनमा लगानी गर्न समेत डिम्याट खाता अनिवार्य गरेको छ । यो नियम उपत्यकाका लगानीकर्तालाई साउन १ देखि लागू भइसकेको छ भने उपत्यकाबाहिर माघ १ गतेदेखि लागू हुन्छ । तर, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि शेयर निष्कासन गर्दा भने डिम्याट खाता अनिवार्य छैन ।

के हो डिम्याट खाता ?

शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई शेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।

आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग शेयर प्रमाणपत्रको कागज चाहिँदैन, त्यो बैङ्कमा रहेको डिम्याट खातामा हुन्छ ।

यसो भएपछि शेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस शेयर तथा हकप्रद शेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले, त्यस्तो शेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

कसरी खोल्ने डिम्याट खाता ?

डिम्याट खाता खोल्न सबैभन्दा पहिले लगानीकर्ताको एउटा फोटो र नागरिकताको प्रतिलिपि लिएर डिम्याट खाता खोल्ने कुनै ९डीपी०मा जानुपर्छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीडीएस एण्ड क्लियरिङ कम्पनीको सदस्यता लिएका बैङ्क, वित्तीय संस्था, मर्चेण्ट बैङ्कर वा ब्रोकर कम्पनीले निश्चित मापदण्ड पूरा गरी निक्षेप सदस्य (डीपी)को काम गर्ने गर्छन् । यस्ता संस्था हाल ६० ओटा छन् ।

कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट खाता

कम्पनीअनुसार छुट्टाछुट्टै डिम्याट रिक्वेष्ट फारम भनुपर्छ । फारम भरेपछि कम्पनीको शेयर प्रमाणपत्रसमेत डिम्याट खाता भएको कम्पनीलाई अर्थात् डीपीलाई बुझाउनुपर्दछ ।

ग्राहकबाट लिएको डिम्याट रिक्वेष्ट फारम डीपीले शेयर रजिष्ट्रारमा पठाउँछ र त्यहाँबाट प्रमाणित भएपछि खातामा जम्मा हुन्छ । खाता खेल्नेबित्तिकै डीपीले ग्राहकलाई चेक बुकजस्तै डेलिभरी इन्ष्ट्रक्शन स्लिप दिन्छ ।

शेयर विक्री गर्नुपर्ने बेलामा यस्तो स्लिपमा कुन कम्पनीको कति कित्ता शेयर बेच्ने हो, भरेर दिनुपर्छ । यस्तो स्लिप भरिसकेपछि हराउनुहुँदैन । भरेको स्लिप हराएमा यो पाउने जोसुकैले पनि कारोबार गर्न सक्छ । यस्तो स्लिप हराएमा सीडीएस एण्ड क्लियरिङमा तुरन्त जानकारी गर्नुपर्छ ।

कुनै कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको छ, तर शेयरधनीले सो कम्पनीको शेयर डीपी खातामा जम्मा गरेको छैन भने पहिला त्यस्ता शेयरधनीले डीपी खाता खोलेको कम्पनीलाई सोको जानकारी दिनुपर्दछ ।

त्यसपछि हकप्रद शेयरको फारम भर्दा डिपोजिटरी पार्ट्सििपेण्ट र बेनिफिसियल ओनर आईडी नम्बर उल्लेख गरेमा शेयर सोझै लगानीकर्ताको खातामा जम्मा हुन्छ ।

सेयर नहुनेको पनि डिम्याट खाता

आफूसँग कुनै कम्पनीको शेयर नभएमा पनि डिम्याट खाता खोल्न सकिन्छ । डिम्याट खाता खोलेपछि शेयर कारोबारका लागि डिम्याट रिक्वेष्ट फारम लिएर त्यहाँ भएको तालिकाको आईएसआईएन खण्डमा कुन कम्पनीको शेयर राख्ने हो, त्यसको आईएसआईएन सङ्केत उल्लेख गर्नुपर्छ ।

आईएसआइएन सङ्केत कम्पनीअनुसार फरक हुन्छ । एउटै कम्पनीको पनि सर्वसाधारण, संस्थापक, अग्राधिकार शेयरको वर्गअनुसार यो सङ्केत फरक हुने गर्दछ । डिम्याट गर्ने कम्पनीसँग सोधेमा यो सङ्केत पाउन सकिन्छ ।

एकभन्दा बढी खाता खोल्न पनि मिल्ने

हितग्राही खाता खोल्न ५० तिर्नुपर्छ भने खाता खोलेपछि वार्षिक शुल्क १ सय लाग्छ । लगानीकर्ताले एकभन्दा बढी डीपीमार्फत खाता खोल्न पाउने पनि सुविधा छ ।

अलगअलग खाता खोल्दा प्रारम्भिक शुल्क र वार्षिक शुल्क सबैमा बुझाउनुपर्दछ । लगानीकर्ताको खाता विवरण एउटै रहने भए पनि खाता नम्बर भने अलगअलगै हुन्छ ।

Nabintech