• १५ चैत्र २०८०, बिहीबार
वाणिज्य बैंकहरुः एक सातामा १७ अर्ब थप कर्जा प्रवाह, निक्षेप बढाउन नविल र कर्जा बढाउन इन्भेष्टमेन्ट फस्ट


काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले फागुनको एक सातामै १७ अर्ब १२ करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छन् । कुल कर्जा प्रवाह वाणिज्य बैंकहरुको सातामा बढेपनि सो अवधिमा ८ वटा बैंकले भने घटाएका छन् ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार माघ मसान्तदेखि फागुन ७ गतेसम्म १९ वटा वाणिज्य बैंकले कर्जा प्रवाह १ करोड रुपैयाँदेखि २ अर्ब ५५ करोड रुपैयाँसम्म थप गरेका छन् । त्यसैगरी, सो अवधिमा ८ वटा बैंकको ४ करोड रुपैयाँदेखि ४८ करोड रुपैयाँ कर्जा प्रवाह घटेको छ ।

सो अवधिमा १७ वटा बैंकको निक्षेप संकलन ३६ करोड रुपैयाँदेखि २ अर्ब ९७ करोड रुपैयाँसम्म थप हुँदा १० वटा बैंकको २९ करोड रुपैयाँदेखि २ अर्ब ५९ करोड रुपैयाँसम्म घटेको छ । सो अवधिमा निक्षेप संकलन बढाउनेको पहिलो सुचीमा नबिल बैंक र कर्जा बढाउनेको सुचीमा नेपाल इन्भेष्टमेण्ट बैंक रहेका छन् ।

सातामा कुन बैंकको कति विजनेस 

माघ मसान्तमा नबिल बैंकले २ खर्ब ३ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा फागुनको पहिलो सातामा आइपुग्दा २ अर्ब ९७ करोड रुपैयाँले थप गरी २ खर्ब ६ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

साथै बैंकले माघ मसान्तमा १ खर्ब ८४ अर्ब ५७ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा फागुन ७ गतेसम्म १ करोड रुपैयाँले कर्जा प्रवाह थप गरी १ खर्ब ८४ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

यसैगरी माघ मसान्तदेखि फागुन ७ गतेसम्म सेञ्चुरी बैंकले २ अर्ब २७ करोड रुपैयाँ निक्षेप थप गर्दा २६ करोड रुपैयाँले कर्जा प्रवाह घटाएको छ । साथै, सो अवधिमा हिमालयन बैंकले २ अर्ब ८ करोड रुपैयाँले निक्षेप थप गर्दा ४० करोड रुपैयाँले कर्जा घटाएको छ ।

एनएमबी बैंकले फागुनको पहिलो सातामा २ अर्ब ३ करोड रुपैयाँले १ अर्ब ५२ करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकले सो अवधिमा १ अर्ब ७३ करोड रुपैयाँले निक्षेप थप गर्दा ४७ करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छ । साथै, एनआइसी एशिया बैंकले १ अर्ब ७२ करोड रुपैयाँ निक्षेप थप गर्दा १ अर्ब ७४ करोड रुपैयाँले कर्जा थप गरेको छ ।

यस्तै, प्राइम बैंकले १ अर्ब ५२ करोड रुपैयाँ निक्षेप र ४१ करोड रुपैयाँ कर्जा, सानिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ निक्षेप र १ अर्ब १८ करोड रुपैयाँ कर्जा, सनराइज बैंकले ८६ करोड रुपैयाँ निक्षेप र ५८ करोड रुपैयाँ कर्जा थप फागुनको पहिलो सातामा गरेको छ ।

साथै, सो अवधिमा मेगा बैंकले ७९ करोड रुपैयाँ निक्षेप थप गर्दा २३ करोड रुपैयाँले कर्जा घटाएको छ भने, बैंक अफ काठमाण्डूले ५७ करोड रुपैयाँ निक्षेप बढाउँदा २१ करोड रुपैयाँले कर्जा घटाएको छ ।

साथै, एनसीसी बैंकले ४८ करोड रुपैयाँले निक्षेप थप गर्दा ४ करोड रुपैयाँले कर्जा घटाएको छ ।

फागुनको पहिलो सातामा ग्लोबल आइएमईले ४५ करोड रुपैयाँ निक्षेप र ९२ करोड रुपैयाँ कर्जा, सिद्धार्थ बैंकले ४३ करोड रुपैयाँ निक्षेप र १ अर्ब ४१ करोड रुपैयाँ कर्जा थप गरेका छन् भने माछापुच्छ्रे बैंकले ४० करोड रुपैयाँ निक्षेप थप गर्दा १५ करोड रुपैयाँले कर्जा घटाएको छ ।

साथै, सो अवधिमा नेपाल बंगलादेश बैंकले ३९ करोड रुपैयाँ निक्षेप र ३३ करोड रुपैयाँ निक्षेप, एभरेष्ट बैंकले ३६ करोड रुपैयाँ निक्षेप र ६३ करोड रुपैयाँ कर्जा थप गरेका छन् ।

सातामा निक्षेप घटाउने बैंकहरु

फागुनको पहिलो सातामा १० वटा वाणिज्य बैंकले निक्षेप संकलन घटाएका छन् । तर, सोही अवधिमा निक्षेप घटाउने २ बैंक बाहेक ८ वटाले कर्जा प्रवाह भने थप विस्तार गरेका छन् ।

जसमा सिटिजन्स बैंकले २९ करोड रुपैयाँले निक्षेप घटाउँदा १ अर्ब १० करोड रुपैयाँ कर्जा थप गरेको छ । साथै, सिभिल बैंकले ५० करोड रुपैयाँले निक्षेप घटाउँदा ५७ करोड रुपैयाँले कर्जा प्रवाह थप गरेको छ ।

फागुनको पहिलो सातामा लक्ष्मी बैंकले ५५ करोड रुपैयाँले निक्षेप थप गर्दा कर्जा प्रवाह समेत ३८ करोड रुपैयाँले घटाएको छ । साथै, प्रभु बैंकले ५७ करोड रुपैयाँले निक्षेप घटाउँदा १ अर्ब ४ करोड रुपैयाँले कर्जा थप गरेको छ । साथै, नेपाल इनभेष्टमेण्ट बैंकले ८३ करोड रुपैयाँले निक्षेप घटाउँदा २ अर्ब ५५ करोड रुपैयाँले कर्जा प्रवाह समेत बढाएको छ ।

यसैगरी, कुमारी बैंकले ६० करोड रुपैयाँले निक्षेप घटाउँदा १ अर्ब ५१ करोड रुपैयाँले कर्जा थप सो अवधिमा गरेको छ । साथै, सो अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६० करोड रुपैयाँ निक्षेप घटाउँदा २ अर्ब ४६ करोड रुपैयाँले कर्जा थप गरेको छ ।

नेपाल एसबीआइ बैंकले ७४ करोड रुपैयाँले निक्षेप घटाउँदा ४८ करोड रुपैयाँले कर्जा समेत घटाएको छ ।

फागुनको पहिलो सातामा कृषि विकास बैंकले ७६ करोड रुपैयाँ निक्षेप घटाउँदा ४७ करोड रुपैयाँले कर्जा थप गरेको छ । साथै, नेपाल बैंकले २ अर्ब ५९ करोड रुपैयाँले निक्षेप घटाउँदा ३६ करोड रुपैयाँले कर्जा थप गरेको छ ।

Nabintech