आजको गिरावटलाई विश्लेषण गरेर हेर्दा ?


काठमाडौं । गत पुष ५ गते संसद विघटन भएपछि घटेको बजार केही दिनपछि समाल्हिएर बुलिस ट्रेन्डमा नै फर्किएको थियो । हिजोको बजार गिरावटलाई करेक्सनको रुपमा लिएको भएतापनि आजको गिरावटलाई भने सर्वोच्चको अन्तिम फैसला के होला भन्ने कुराले प्रभाव पारेको देखिएको छ । कारोबार समयमा देशमा संकटकाल लाग्दै छ भन्ने हल्ला फैलिएपछि साथीभाइको सरसल्लाहमा शेयर बेच्नेहरू अलमलमा परेका छन् ।

नेपाली शेयरबजारमा आफ्नै योजना र आफुसँग भएको नगद लगानी गरेर बजार प्रवेश गर्नेहरु भन्दा सरसल्लाह र ऋण काढेर बजार प्रवेश गर्नेको संख्या धेरै छ । सोही कारण बजारमा सानो हल्ला चल्नासाथ बजार अधिक घट्ने र अधिक बढ्ने गरेको छ । जसको फाइदा गहनरुपमा बजार विश्लेषण गरेर लगानी गर्ने लगानीकर्ताले उठाइरहेका छन् । आज पनि कारोबार समयमा ११३ अंकको उतारचढाव देखिएता पनि हिजोको कारोबारको अन्तिम मुल्यमा २१ अंकले बजार घटेर बन्द भएको छ ।

बजारमा ‘प्यानिक सेल’ हुनुको पछाडि सर्वोच्च अदालतको न्तिम फैसला के होला रु भन्ने आम चासोमा नै देखिएको विश्लेषण गरिएको छ ।आज कुल २०५ कम्पनीको १७ करोड ७१ लाख कित्ता शेयर कुल ८ अर्व ५६ करोडमा कारोबार भएको छ । बजारमा हिजो र आज प्यानिक सेल भएको छ । लगानीकर्ताहरु नचाहँदा नचाहँदै पनि शेयर बेच्न लालाहित भएको देखिन्छ ।

यसको असर भने आउने कारोबारले मात्रै निर्धारण गर्ने एक बजारविज्ञले बताए । उनले भने, हिजो र आज बजारमा घट्दो मुल्यमा अधिक कारोबार भएको छ । बजार बढ्दो ट्रेन्डमा नै रहेका समयमा आउने बजार हल्लाका कारण कहिले काही यस्तो अवस्था देखिनु सामान्य हो ।हिजोको बजार घटाइलाई करेक्सनका रुपमा लिइएको भएता पनि आज भने बजार हल्ला नै प्रमुख कारण बन्यो ।

उच्च कारोबार भएका १० कम्पनी 

केही दिन पहिले मात्रै कारोवारमा आएको नेपाल पूर्वाधार बैंकको शेयर आज शुरुवाती चरणमा १० प्रतिशतले सकारात्मक सर्किट लागेको थियो । पुनः सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लाग्यो । सो कम्पनीको रु ७३ करोड ९४ लाख ५२ हजार ५१८ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो ।

यस्तै माथिल्लो तामाकोशी रु ४३ करोड ३९ लाख एक हजार ७७, नबिल बैंक रु ३७ करोड ३५ लाख ५८ हजार ९६७, एनआइसी एशिया बैंक रु ३२ करोड ८० लाख ५० हजार ३८१, ग्लोबल आइएमई बैंक रु २९ करोड ६२ लाख ९२ हजार ५८, नेको इन्स्योरेन्स रु २७ करोड ४९ लाख ६२ हजार ४५९, नेपाल लाइफ इन्स्योरेन्स रु २६ करोड ५६ लाख सात हजार ८४५, नेपाल पुनरबीमा कम्पनी रु २५ करोड ५६ लाख दुई हजार २३२, नेपाल बैंक रु २४ करोड ६९ लाख ६७ हजार ८०५ र अपि पावर कम्पनी रु २३ करोड ४८ लाख १२ हजार ८०१ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

घटेको बजारमा कमाउने १० कम्पनीः

आज शेयरबजार घट्दा पनि नेपाल फाइनान्स, अपी पावर, लिवर्टी इनर्जी, हिमालयन पावर पार्टनरको शेयरमुल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । कारोवारका आधारमा आज नेपाल फाइनान्स ९.९३, अपि पावरक म्पनी ९.६७, लिवर्टी इनर्जी ९.६५, हिमालयन पावर पार्टनर ९.५९, एनएलजी इन्स्योरेन्स ५.८२, चन्द्रागिरि हिल्स ५.७६, उन्नति सहकार्य लघुवित्त ५.०७, अरुण भ्याली हाइड्रोपावर ४.९४, रैराङ हाइड्रोपावरका लगानीकर्ताले ३.५६ प्रतिशतले कमाए ।

घटेको बजारमा गुमाउने १० कम्पनीहरु 

निरन्तर सकारात्मक सर्किट लाग्दै कारोबार हुँदै आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर आज नकारात्मक सर्किट लाग्दै १० प्रतिशतले घटेको छ । आँखु खोला जलविद्युत् कम्पनी ६.६७, युनिलिभर नेपाल ५.२८, एनएमबी ५० का लगानीकर्ताले ५.१८ प्रतिशतले गुमाउँदा पञ्चकन्या माई हाइड्रोपावर ४.६१, कर्पोरेट डेभलपमेन्ट बैंक ३.९८, खानीखोला हाइड्रोपावर ३.९१ र कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.८३ प्रतिशतले गुमाए ।

आजको समुहगत इन्डेक्स

नेप्सेमा आएको गिरावटसँगै बजार पूँजीकरणसमेत घटेको छ । आज कूल ३५ खर्ब ६४ अर्ब १० करोड ४३ हजार बराबरको बजार पूँजीकरण कायम भएको छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर आरालो लागेको छ । व्यापार २६।७३ बिन्दुले उकालो लाग्दा बैंकिङ ७.७२, होटल ३१.५८, विकास बैंक ३०.२७, जलविद्युत् १२.४७, वित्त ७.०१, निर्जीवन बीमा ५२.०४, उत्पादन ९५.९९, अन्य ५१.११, लघुवित्त ६।३२, जीवन बीमा २०.२ र सामूहिक लगानी कोष ०.१६ ले ओरालो लागेको छ ।

 

 

 

Nabintech