• १४ बैशाख २०८१, शुक्रबार
BREAKING : सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला

१३ दिनभित्र संसद् बोलाउन आदेश



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको छ ।

मंगलबार प्रधानन्याधिस चोलेन्द्र शमशेर राणासहित ५ सदस्यीय संवैधानिक इजलासले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा फैसला गरेको हो ।

झण्डै २ महिना लामो सुनुवाइपछि  प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो ।

साथै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ । संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

त्यसक्रममा उनले आगामी वैशाख १७ र २७ गते चुनाव गर्ने गरी मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Nabintech