• १३ बैशाख २०८१, बिहीबार
रू रू जलविद्युत परियोजनाको आईपीओ आजबाट निष्कासन


काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आजबाट आईपीओ निष्कासन गरेको छ ।

कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि आईपिओ निष्कासन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।

प्रदेश ५ को गुल्मी जिल्लाको चद्रकोट गाउापालिका वडा नं. ६ र ७ मा निर्माण भएको उक्त जलविद्युत आयोजनाले विद्युत उत्पादन अनुमति प्राप्त वि.सं. २०७० चैत ९ गते पाएको हो ।

यस परियोजनाले वि.सं. २०७१ चैत ९ गतेदेखि ५ मेघावाट विद्युत व्यवसायिक उत्पादन शुरु गरेको हो । यो अयोजनाको प्रतिमेगावाट लागत रु। १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ ।

त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ । आयोजनाले आर्थिक वर्ष २०७७/७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ ।
शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

Nabintech