• १५ चैत्र २०८०, बिहीबार
आईपीएलमा सन्दीप लामिछाने अनसोल्ड !


काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो ।

अब अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप फेरि अक्सनमा आउन सक्छन् ।

बिक्री नभएका खेलाडीलाई अन्तिम समयमा टिमले न्यूनतम मूल्यमा किन्न पाउने नियम रहेको छ ।

सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० भारुमा अनुबन्ध गरेको थियो ।

तर, दिल्लीले नयाँ सिजनका लागि सन्दीपलाई रिलिज गरेको थियो ।

युएईमा भएको गत सिजनको आईपीएलमा भने सन्दीप बेन्चमै सिमित भएका थिए ।

सन्दीपले तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

Nabintech