• ११ बैशाख २०८१, मंगलवार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबमा प्रवेश, बिहीबार सर्वाधिक कारोबार ?


काठमाडौं । आइपीओ जारी गरेर दोस्रो बजारमा कारोबार शुरु गरेको ५औं दिनमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक खर्बपति क्लबमा प्रवेश गरेको छ । खर्बपति क्लबमा प्रवेश गर्ने यो ८औं कम्पनी हो ।

आइतबारदेखि कारोबार शुरु गरेको कम्पनीको शेयरमा हरेक दिन सकारात्मक सर्किटसँगै अगाडि बढेको छ । जसका कारण बिहीबारको प्रि–ओपनिङ सेसनको कारोबारमा ४.८३ अंकले सेयर मूल्य बढेर ५२१ रुपैयाँ पुगेसँगै बैंक खर्बपति क्लबमा प्रवेश गरेको हो ।

प्रि–ओपनपछि कारोबार शुरु भएको बजारमा बैंकको सेयर ९.८६ प्रतिशतले बढेर ५४६ रुपैयाा पुगेको छ । बैंकको दोस्रो बजारमा २० करोड कित्ता सेयर सूचिकृत भएको छ । २० करोड कित्तालाई ५४६ रुपैयाँका आधारमा १ खर्ब ९ अर्ब २० करोड रुपैयाँ पुग्छ ।

यसअघि खर्बपति क्लबमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेनस, नबिल बैंक, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, ग्लोबल आइएमई, एनआइसी एसिया बैंक छन् ।

 

Nabintech