श्रीलंका क्रिकेट टिमको आगामी यात्रा वेस्ट इन्डिज


एजेन्सी । श्रीलंका क्रिकेट टिमले वेस्ट इन्डिजको भ्रमण गर्ने भएका छन् ।

श्रीलंकाले मार्चमा वेस्ट इन्डिजको भ्रमण गर्ने भएको हो ।

वेस्ट इन्डिज भ्रमण दौरान श्रीलंकाले घरेलु टिमसँग टी-ट्वान्टी, एकदिवसीय र टेस्ट सिरिज खेल्नेछ ।

टी-ट्वान्टी र एकदिवसीय सिरिज ३ खेलको हुनेछ भने टेस्ट दुई खेलको हुनेछ ।

टी-ट्वान्टी सिरिज अन्तर्गतको खेल मार्च ३,५ र ७ मा हुनेछ ।

यस्तै एकदिवसीय सिरिजको खेल मार्च १०,१२ र १४ मा हुनेछ ।

टेस्ट मार्च २१ बाट सुरु हुनेछ ।

श्रीलंका सन् २०२० पछि क्यारेबियन राष्ट्रको भ्रमण गर्ने पहिलो टिम बन्नेछ ।

Nabintech