• १४ बैशाख २०८१, शुक्रबार
सरकारले भारतलाई अग्रिम भुक्तानी दिएर २० लाख ‘कोभिसिल्ड’ भाक्सिन खरिद गर्ने


काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिएर खरीद गर्न सक्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।

खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।

आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतमा बनेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेसँगै बाटो खुला भएको हो ।

Nabintech