• १६ चैत्र २०८०, शुक्रबार
इंग्ल्यान्डविरुद्ध भारतको सानदार जित


एजेन्सी । घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा जित निकालेको छ ।

चेन्नईमा मंगलबार भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई ३ सय १७ रनले पराजित गरेको हो ।

यस जितसँगै भारतले ४ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ ।

पहिलो टेस्टमा इंग्ल्यान्डले भारतलाई २ सय २७ रनले हराएको थियो ।

भारतले दिएको ४ सय ८२ रनको लक्ष्यसहित ब्याटिङ थालेको इंग्ल्यान्डले दोस्रो इनिङ्समा अलआउट हुँदै १ सय ६४ रन बनायो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका मोइन अलीले सर्वाधिक ४३ रन बनाए ।

यस्तै जोय रुटले ३३ रन जोड्दा डान लरेन्सले २६ र रोरी ब्रुन्सले २५ रन बनाए ।

भारतका अक्षर पटेलले ५ विकेट लिए । रविचन्द्र आश्विनले ३ तथा कुलदिप यादवले २ विकेट लिए ।

यस अघि दोस्रो इनिङ्समा भारतले अलआउट हुँदै २ सय ८६ रन बनाएपछि इंग्ल्यान्डले उच्च लक्ष्य पाएको थियो ।

भारतका लागि रविचन्द्र आश्विनले १ सय ६ रनको शतकीय इनिङ्स खेले । उनको यो टेस्टमा पाँचौं शतक हो ।

यस्तै कप्तान विराट कोहलीले ६२ रन जोड्दा रोहित शर्माले २६ रन बनाए ।

इंग्ल्यान्डका ज्याक लिच र मोईन अलीले ४र४ विकेट लिए ।

पहिलो इनिङ्समा इंग्ल्यान्डले १ सय ३४ रन बनाएको थियो ।

इंग्ल्यान्डका लागि बेन फोअकेसले अविजित रहदै ४२ रन बनाए ।

ओली पोपले २२, बेन स्टोक्सले १८ तथा डम सिब्लीले १६ रन बनाए ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतका रविचन्द्र आश्विनले ५ विकेट लिए । इशान्त शर्मा र अक्षर पटेलले २र२ विकेट लिए ।

भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय २९ रन बनाएको थियो ।

पहिलो इनिङ्समा भारतका लागि रोहित शर्माले १ सय ६१ रनको शतकीय इनिङ्स खेले । चेन्नईमा उनको यो पहिलो शतक हो ।

यस्तै अन्जिका रहानेले ६७ रन जोड्दा चेतेश्वर पुजारा २१ रन बनाए ।

ऋषप पन्तले अविजित रहदै ५८ रन जोडे । रविचन्द्र आश्विन १३ रनमा आउट भए ।

कप्तान विराट कोहली र सुबमन गिल सुन्य रनमा आउट भए ।

इंग्ल्यान्डका मोइन अलीले ४ विकेट लिए । ओली स्टोनले ३ तथा ज्याक लिचले २ विकेट लिए ।

 

Nabintech