प्रत्येक प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स दिने तयारीमा धितोपत्र बोर्ड


Broker touchscreen is operated by businessman.

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अब हरेक प्रदेशमा कम्तीमा ५ प्रादेशिक स्तरको धितोपत्र दलाल व्यवसायीको लागि लाइसेन्स दिने भएको छ ।

बोर्डले अबको १ महिनाभित्रै ७ वटै प्रदेशमा नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको बोर्डले जनाएको हो ।

मूलुक संघीय संरचनामा गइसकेपछि नेपाल धितोपत्र बोर्डले प्रादेशिक ब्रोकर लाइसेन्सको अवधारणालाई अघि सारेकोमा अब १ महिनाभित्रै प्रादेशिक ब्रोकर लाइसेन्स दिने विषयमा अन्तिम प्रारुप तयार गरिएको धितोपत्र बोर्डका अध्यक्ष डा भीष्मराज ढुंगानाले जानकारी दिएका छन्।

पछिल्लो समयमा धितोपत्र बजारका विषयमा देशभरका नागरिकहरुले निकै चासो दिइरहेका छन् । धितोपत्र बजारका बारेमा देशभर चेतना फैलिएसँगै प्रदेशहरुमा समेत नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने बोर्डको तयारीले बजारको थप विकास र विस्तारमा सघाउ पुग्ने ठानिएको छ ।

हाल काठमाण्डौ केन्द्रीय कार्यालय रहेका ५० ब्रोकर कम्पनीले देशका विभिन्न ठाउँमा शाखा संचालन गरिरहेका छन् ।

Nabintech