नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत, कुनको कति ?


काठमाडौं । नेप्सेमा ६ कम्पनीको शेयर सूचिकृत भएको छ । आइतबार नेप्सेमा हिमालयन डिस्टीलरी, मुक्तिनाथ विकास बैंक, लक्ष्मी लघुवित्त, एनएलजि इन्स्योरेन्स, अरुण हाइड्रोपावर डेभलपमेन्ट र कामना सेवा विकास बैंकको शेयर सूचिकृत भएको हो ।

उक्त ६ बटै कम्पनीको १ करोड ५ लाख ९ हजार ५०५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेका अनुसार हिमालयन डिस्टीलरीको २८ लाख ९२ हजार ३४१.२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । यस्तै मुक्तिनाथ विकास बैंकको ४८ लाख ६५ हजार ६१३.१७ कित्ता, लक्ष्मी लघुवित्तको ४ लाख १७ हजार ४५० कित्ता र एनएलजि इन्स्योरेन्स कम्पनीको ७ लाख १७ हजार २५५ कित्ता बोनस सूचीकृत भएको छ ।

त्यस्तै, अरुण हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ४ लाख ९९ हजार १६२ कित्ता, र कामना सेवा विकास बैंकको ११ लाख १७ हजार ६८३।७९५७ कित्ता बोनश शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

Nabintech