• १३ बैशाख २०८१, बिहीबार
कोरोना खोप विशेषज्ञकोअपिल ‘समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्नुपर्छ’


काठमाडौं । भारत सरकारको अनुदानमा नेपालमा ल्याइएको कोरोनाको ‘कोभिशिल्ड’ खोपले कोभिड १९ का का शिकिस्त विरामी कम भएको विशेषज्ञहरुले बताएका छन्।

सोमबार स्वास्थ्य पत्रकार मञ्चले कोभिड १९ र कोभिशिल्ड खोपको प्रभावकारिता विषययक अन्तरक्रियामा विशषज्ञहरुले विश्वका १६ देशमा लगाइरहेको यो ‘कोभिशिल्ड खोप’ अत्यन्त प्रभावकारी र सुरक्षित रहेको बताएका हुने । नेपालमा ल्याइएको कोरोनाको ‘कोभिशिल्ड’ खोपमा कोही कसैले शंका गर्नुपर्ने अवस्था नभएको भन्दै सबैलाई ढुक्क भएर लगाउन विशेषज्ञले आग्रह गरेका छन् ।

 

फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी

स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कोरोना नियन्त्रणमा अन्य देशको तुलनामा नेपाल सरकार उत्कृष्ट काम गर्न सफल भएको दाबी गर्नुभएको छ । मन्त्री रावतले सरकारले तोकिएको मितिभन्दा एक महिना पहिला खोप ल्याइएको बताउनुभयो। दोस्रो चरणको खोप प्रकृया अगाडि बढेको भन्दै खोपमा लगाउन कुनै पनि ग्याप नरहने मन्त्री रावतले दावी गर्नुभयो । सरकारले खोप खरिदका लागि बजेट छुट्याइसकेको र आम नागरिकलेलाई छिट्टै खोप दिने तयारी गरीरहेकोस्वास्थ्य राज्यमन्त्री रावतको भनाइ छ। फागुन २४ गतेदेखि समुदायमा खोप लैजाने तयारी रहेको पनि बताउनुभयो ।

खोप लगाउँदैमा सुरक्षित हुँदैन्,जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिआवश्यक

शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलालेस समुदायमा खोप अभियानमा जानुअघि खोपप्रति भएको भ्रमहरु चिर्न आवश्यक रहेको बताउनुभयो। कोरोनाविरुद्धको खोप लगाउँदैमा सुरक्षित नभइने उहाँको भनाइ छ। डा. बास्तोलताले भन्नुभयो, ‘खोप लगाएहरूमा एकै किसिमबाट रोग प्रतिरोधात्मक क्षमताको विकास एकै किसिमले नहुने भएकाले कोरोना संक्रमणको जोखिम अझै पनि छ’ उहाँले अघि भन्नुभयो, ‘पूर्णरुपमा रोग प्रतिरोधात्मक क्षमताको विकास दोस्रो डोज लगाएपछि हुन पनि सक्छ ।’ त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अतिआवश्यक भएको उहाँको भनाइ छ।

एक व्यक्तिलाई १ डलर लगानी गरे १६ डलर बराबरको फाइदा

स्वास्थ्य मन्त्रालयका खोप शाखा प्रमुख डा.झलक गौतमले खोप लगाएका मधये कसैलाई पनि कुनै समस्या नदेखिएको दाबी गर्नुभयो । उहाँले खोपबारे भ्रम नछर्न समेत आग्रह गर्नुभयो । डा.गौतमले राज्यले एक व्यक्तिलाई १ डलर लगानी गरे राज्यलाई १६ डलर बराबरको फाइदा हुने बताउनुभयो ।

कोभिसिल्ड खोपको दोस्रो मात्रा १२ हप्ताको अन्तरमा लगाउँदा ८२.४ प्रतिशत प्रभावकारी

कार्यक्रममा खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले यसअघि पहिलो चरणको दोस्रो डोज खोप ४ हप्ताभित्र लगाउने निर्णयलाई सरकारले पुनर्विचार गर्न आग्रह गर्नुभयो । उहाँले पहिलो खोप लगाएकालाई ८ देखि १२ हप्ताभित्र ‘बुस्टर डोज’ का लागि दोस्रो खोप लगाउने निर्णय गरेको जानकारी समेत दिनुभयो । कोभिसिल्ड खोपको दोस्रो मात्र ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने र १२ हप्ताको अन्तरमा लगाउँदा ८२ दशमलव ४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको उप्रेतीले बताउनुभयो ।कोभिसिल्ड खोपको दोस्रो मात्रा ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४ दशमलव ९ प्रतिशत मात्र प्रभावकारी हुने र १२ हप्ताको अन्तरमा लगाउँदा ८२ दशमलव ४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको बताउनुभया्े ।

डाक्टर केदार बरालले जवसम्म ७० प्रतिशत नागरिकले खोप नलगाउदासम्म खोप लगाएपनि सुरक्षित हुन नसकिने भनाइ राख्नुभयो । कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले कोराना महामारी र खोप अभियानलाई सफल पार्न पत्रकारहरूको भूमिका महत्पूर्ण रहेको बताउनुभयो ।

 

 

 

Nabintech