ग्रीन लाइफको आईपीओ बाँडफाँड कहिले ?


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ फागुन पहिलो साता बाँडफाँड हुने भएको छ ।

यहि शुक्रबारसम्म आईपीओ बाँडफाँड गर्ने तयारीको साथ काम भैरहेको बिक्री प्रबन्धक बीओके क्यापिटलले शिलालेखलाई जानकारी दिएको छ । यदि बाँडफाँडको तयारी नपुगेमा केही दिनमात्र पर धकेलिने क्यापिटलले जनाएको छ ।

आईपीओमा १३ लाख २६ हजार ७७ जना आवेदकले २ अर्ब ३७ करोड ३० लाख १८ हजार रूपैयाँ बराबरको २ करोड ३७ लाख ३० हजार १ सय ८० कित्ताको लागि आवेदन परेको छ ।

कम्पनीले माघ २३ गते, शुक्रबारबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याइएको थियो ।

Nabintech