• १३ बैशाख २०८१, बिहीबार
प्रभु इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?


काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

माघ २९ गते बेलुका बसेको सञ्चालक समितिको बैठकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को वितरण योग्य मुनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १० करोड ५६ लाख रुपैयाँ र उक्त बोनस शेयरमा लाग्ने कर वापत ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश बीमा समितिको स्वीकृती तथा आगामी २५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

Nabintech