• १३ बैशाख २०८१, बिहीबार
प्रचण्ड-माधव पक्षले पेरिसडाँडामा यसरी मनाए जनयुद्ध दिवस (फोटोफिचर)


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव पक्षले केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवस मनाएको छ ।

पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको बताएका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले केपी ओलीले हजारौँ सहिदहरुको बलदिानीबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सक्छु भन्ने सारै ठुलो भ्रममा रहेको बताए । ओलीलाई दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै यस्तो दुस्प्रयास भएको पनि दावी गरेका हुन् ।

सोही कार्यक्रममा १० वर्षे जनयुद्धका कमाण्डर समेत रहनुभएका प्रचण्डले सहिदहरूको सम्झना गर्दै सहिद परिवारलाई सम्मान गरेका थिए ।

Nabintech